काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
शुक्रवार विज्ञप्ति जारी गर्दै राज्य संरचानाको स्रोत साधन दुरुपयोग गर्न सरकार नै संलग्न भएपछि चिन्ता व्यक्त गर्नै आवाज उठाउँदा, टिप्पणी गर्दा वा जवाफ माग्दा राज्यको कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्रीबाटै ओठे जवाफ आउनुले आश्चर्य भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजन कार्यक्रममा केही बुद्धिजीवीले तल्लो स्तरको टिप्पणी गरेको भन्दै आफूले जपाफ दिँदा थलो पर्ने बताएका थिए । साथै सञ्चार माध्यममा बोल्नु अघि वादविवाद गर्न चाहेको हो कि होइन प्रष्ट हुन आग्रह समेत गरेका थिए ।
‘प्रधानमन्त्रीको चेतावनीपूर्ण अभिव्यक्ति लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रतार नागरिक अधिकारविरुद्ध भएको ठहर छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया