कैलाली । कैलालीको लम्कीमा छोराले बुबा र ठूलो बुबाको हत्या गरेका छन् ।
लम्की–चुहा नगरपालिका–४ बलिया गाउँमा जहरीलाल चौधरीले बुबा चक्र थारु र ठूलो बुबा पल्टु थारुको हत्या गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय लम्कीकाअनुसार अहिले चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छोराको आक्रमणबाट आमा देवी चौधरी घाइते भएकी छिन् । उनको टाउको र बाँया कानमा चोट लागेको छ । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आफूलाई जानकारी नदिई श्रीमतीलाई किन माइती पठाएको भन्दै काठको खन्तीले बुबा, ठूलो बुबा र आमालाई ढोका थुनेर आक्रमण गरेको जहरीलालले प्रहरीलाई बयान दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया