काठमाडौंको रातोपुलमा प्रहरीले गोली चलायो, फरार अभियुक्त घाइते

काठमाडौं । काठमाडौंको रातोपुलमा प्रहरीले चलाएको गोली लागेर एक अभियुक्त घाइते भएका छन् । 

अपराध महाशाखाको विशेष टोलीसँगको मुठभेडमा गुण्डा राजन लिम्बू घाइते भएका हुन् । 

उनको खुट्टामा गोली लागेको छ । 

प्रहरीले पक्राउ गर्ने क्रममा लिम्बु भाग्न खोजेपछि गोली चलाएको दाबी गरेको छ ।

महाशाखाका अनुसार लिम्बू पनि हतियारसहित उपस्थित भएका थिए । 

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले भने, ‘लिम्बू इटहरीमा भएको डकौती घटनामा संलग्न व्यक्ति हुन्, उनी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पनि जोडिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?