पोखरा । गण्डकी प्रदेश सभाको सभामुखमा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकबाट धिताल ३३ मतसहित सभामुखमा निर्वाचित भएका हुन् । ६० सदस्यीय प्रदेश सभामा ५८ सांसद उपस्थित थिए ।
एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र गरी ३३ सांसदले धितालको पक्षमा मत जाहेर गरेका थिए ।
एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले सभा सञ्चालन गरेका थिए । धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरेका हुन् । धिताल प्रदेश सभमा गोरखा १ (क) बाट निर्वाचित भएका थिए ।
बैठकको सुरूमै सांसद फणीन्द्र देवकोटाले धिताललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने अर्का सांसद रोशन गाह्रा मगरले सो प्रस्तावमा समर्थन गरेका थिए । सभामुखमा कांग्रेसबाट सरस्वती अर्याल तिवारीको उम्मेदारी दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया