काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत चेन सोङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
शीतल निवासस्थित राष्ट्रपति भवनमा शुक्रबार आयोजित विशेष समारोहमा नवनियुक्त चिनियाँ राजदूत सोङले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया