कञ्चनपुर–भीमदत्त नगरपालिका–१८ भगतपुरमा पुरानो कच्ची घर छ, जहाँ प्रदीप रावल एक्लै बस्छन् ।
विपन्न परिवारका उनले स्थानीय वैजनाथ विद्यालयमा ९ कक्षा पढ्दापढ्दै चार वर्षअघि अध्ययन छाडेका थिए । बुबा टेकबहादुर र आमा राधादेवी रोजगारीको सिलसिलामा भारतको बेंग्लोरमा छन् ।
एउटी बहिनीलाई काका बलबहादुरले पालनपोषण गरेका छन् । महेन्द्र नगरबजारमा व्यवसाय गर्दै आएका उनले भने, ‘प्रदीपलाई पनि राम्रोसँग पढ्ने भए पढाइदिन्छु भनेको थिएँ, तर उसले साथीसंगतको लहलहैमा पढाई छाड्यो ।’
निर्मला पन्तको हत्या आशंकामा काठमाडौंबाट पक्राउ परेका युवक प्रदीप लागूऔषध दुर्व्यवसनी हुन् । उनी चोरी र डकैतीमा संलग्न रहेको स्थानीय बताउँछन् । तर निर्मला प्रकरणमा उनी दोषी छन् कि छैनन् भन्ने अनुसन्धानकै विषय छ । निर्मलाको हत्या भएको स्थानभन्दा ६०० मिटर पश्चिमतर्फ पर्ने स्थानीय पाले चौधरीको मासु पसलबाट पैसा, ग्यास र कुखुरा चोरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको एक स्थानीयले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
सोही आरोप आरोपमा पक्राउ परेका विशाल चौधरी पनि निर्मला प्रकरणमा पक्राउ परेका छन् । पाले चौधरीको पसल निर्मलाकी साथी रोशनी बमको घर नजिकै पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया