अब काठमाडौंका स्कुलमा एउटै पोसाक

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रम अन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोसाकमा एकरुपमा ल्याउन लागिएको महानगर शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जनाए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

‘विदेशका महानगरमा रहेको विद्यालयको पोसाक एउटै हुन्छ’, उनले भने, ‘हामीले पनि एउटै प्रकारको पोसाक लगाएर महानगरको विद्यालयमा एकरुपमा ल्याउन थालेका हौं।’ यसैगरी महानगरले विद्यालयको विदामा समेत एकरुपमा ल्याउन शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । आगामी शैक्षिकसत्रदेखि विदेशी कुटनीतिक निगोगबाट सञ्चालित बाहेकका सबै विद्यालय एकैदिन खुल्ने र विदा हुने गरी क्यालेन्डर बनाउन लागिएको कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?