राष्ट्रपति भण्डारी आउँदा उडाउन रद्द

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकास र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।

कतार एयरवेजको भीभीआइपी उडान बिहान ११.०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् ।

उक्त विमान काठमाडौंमा १०.०८ मा अवतरण गर्ने भनिएकोमा आधा घण्टा ढिलो भएको थियो ।
त्यसपछि आधा घण्टाको लागि सबै व्यवासायिक उडान रोकिएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?