काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) माथि सुरक्षाथ्रेट भएको भन्दै दिएको निवदेनबारे प्रशासन र गृहको कुरा बाझिएको छ ।
उनले आफूमाथि सुरक्षा चुनौती भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । उनले निजी सुरक्षाका लागि पिएसओ समेत माग गरिएको बुझिएको छ ।
मेयर शाहले आम निर्वाचनअघि नै सुरक्षा चुनौती भएको भन्दै निवेदन दिएको जिप्रका काठमाडौंका प्रमुख (सिडियो) घनश्याम उपाध्यायले लोकपथलाई जानकारी दिए ।
‘आम निर्वाचन अघि नै उहाँले सुरक्षा चुनौती भएको भन्दै निवेदन आएको थियो । तर हामीले उक्त पत्र गृहमन्त्रालय पठाएका छाँै ।’ उनले भने ।
तर यता गृहले भने आफूहरुलाई त्यस किसिमको कुनै पनि पत्र नआएको लोकपथलाई जानकारी दिएको छ । गृहका प्रवक्ता फणीन्द्रमणी पोखरेलले कुनै किसिमको पत्र नआएको बताए ।
‘हामीलाई कुनै किसिमको पत्र आएको छैन ।’ पोखरेलले भने ।
यता जिप्रकाले गृहमा पठाएको भनेको छ नि ? भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘खै हामीलाई त थाहा छैन ।’
हाल मेयर शाहलाई महानगर प्रहरीले सुरक्षा दिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया