कर्मचारीद्वारा काम ठप्प, वडाध्यक्ष आक्रमणमा उत्रिए

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ का वडाध्यक्ष जयन्द्र खडकाले आज नगरपालिको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पूण्यप्रसाद लुइँटेलमाथि हातपात गरेका छन् ।

वडाध्यक्ष खड्काले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले प्रक्रिया र नियम नपु¥याइ जनप्रतिनिधि नै भए पनि स्वीकृत दिन नमिल्ने बताएपछि आक्रोसित हुँदै हातपात गरेको नगरपालिकाका कर्मचारीले बताएका छन् ।

यसबारेमा प्रशासकीय अधिकृत लुइँटेलले वडाध्यक्ष जयन्द्रले इँटा भट्टालाई माटो दिन स्वीकृत माग गर्दै आएको र आफूले नगर कार्यपालिकाको निर्णय विनासिफारिश गर्न नमिल्ने जानकारी गराएपछि उनले आफूमाथि अभद्र व्यवहार गरेको बताए ।

त्यसपछि आफू कार्यालयबाट निस्केर मन्त्रालय गएको उनले जानकारी दिए ।
नगरपालिकाका कर्मचारीका अनुसार वडाध्यक्ष खड्काले माटोको स्वीकृत नपाएपछि प्रशाकीय अधिकृत लुइँटेलको टेबुल ठटाएर अभद्र व्यवहार गर्नुका साथै पानीको बोतल प्रहार गरेको र पानीको बोतल लुइँटेललाई नलागे पनि पानीको छिट्टा भने परेको थियो ।

घटनापछि यता नगरपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति प्रकाशित गरी वडाध्यक्षले सबै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?