संसद् सचिवालयको सचिवमा डा.पाण्डेको पदोन्नति

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । सङ्घीय संसद् सचिवालयका सहसचिव डा.रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको आजको बैठकले उनलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो ।

उक्त समितिमा हाल राष्ट्रियसभा अध्यक्ष, सचिवालयका महासचिव र सचिवालयकै तीन जना सचिव रहेका छन् । त्यसअघि लोकसेवा आयोगको बढुवा समितिले उनलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । उनी हाल लेखा समितिको सचिव, प्रशासन महाशाखाका प्रमुख एवं प्रवक्ताको जिम्मेवारीमा थिए ।

निजामती सेवामा विस २०६७ चैत २४ गते देखि उपसचिवबाट सेवा प्रवेश गरेका पाण्डे विसं २०७३ वैशाख २० गते खुला प्रतिस्पर्धाबाट संसद् सेवाको सहसचिवमा आएका थिए । नेतृत्व व्यवस्थापन विषयमा पिएचडी गरेका उनले त्यसअघि विश्वविद्यालय अनुदान आयोगमा कार्यक्रम अधिकृतका रुपमा पाँच वर्ष काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?