काठमाडौं । राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच भन्सार एजेन्टका विविध समस्याहरुको समाधान गर्ने उद्धेश्यले भन्सार एजेन्टको पेशागत हकहितको लागि गठित परिषद्ले ज्ञापनपत्र बुझाएको हो ।
अन्तराष्ट्रिय व्यापारको आयाममा बढोत्तरी भएसँगै र यसको अनुपातमा भन्सार एजेन्टको संख्या अत्यन्त न्यून रहेकोले अर्थ मन्त्रालय भन्सार विभागले लामो समयको कसरतबाट गत असारमा ६१८ जनालाई इजाजत पत्र वितरण गरेको थियो ।
राज्यको सबैभन्दा बढी राजश्व संकलन हुने भन्सार क्षेत्रमा भन्सार एजेन्टले राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याएका छन् । साथै अनियमित चोरी निकासी, गैह्र भन्सार कार्यलाई निरुत्साहित गरी भन्सार कार्यालय मार्फत मालबस्तु चेक जाँच गरी राजस्व उठाउने काममा समेत भन्सार एजेन्टको भूमिका राम्रो मानिन्छ ।
राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले भन्सार क्षेत्रहरुमा देखिएका बेथिति र चुहावट नियन्त्रणका नितिगत सुधार गर्दै ऐन तथा नियवालीमा संसोधन गर्नुपर्ने बताए । भन्सार क्षेत्रमा विचौलियाको विगविगिले समग्र राजश्व संकलनमा समेत असर परेको तर्क राखे ।
ज्ञापन पत्र बुझ्ने क्रममा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले यस समयमा अर्थ मन्त्रालयको ध्यानाकर्षण समग्र राजस्व संकलनमा गएकोले भन्सार क्षेत्रमा के कहाँबाट चुहावट हुने गरेको छ सो को रोकथामका लागि भन्सार एजेन्टबाट आफूले निकै ठूलो सहयोगको अपेक्षा गरेको बताए ।
साथै भन्सार एजेन्टको जायज माग प्रति आफू सकारात्मक रहेको र नयाँ भन्सार एजेन्टहरुलाई भन्सार कार्यालयहरुमा सहज रुपमा काम गर्ने वातावरण तयार गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया