पृथ्वी जयन्तीमा भिरकोट नगरपालिकाले सार्वजनिक बिदा दिने

लोकपथ
385
Shares

काठमाडौं । आगामी पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

नगरप्रमुख गोविन्द कर्माचार्यले पृथ्वीनारायण शाहले गरेको योगदान हामीले भुल्न नहुने र उनले गरेको कामको प्रशंसा गर्नुपर्ने बताउँदै बिदा दिन लागेका हुन् ।

यसअघि अघिल्लो वर्ष पनि नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो ।

विश्व हिन्दु युवा संघ स्याङ्जाले पछिल्लो समय विभिन्न पालिकामा गएर पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदाको माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।

आज विश्व हिन्दु युवा संघ स्याङ्जाले नगरप्रमुख कर्माचार्यलाई बिदाको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । सो क्रममा आफूले बिदा दिनेगरी आधिकारिक निर्णय गर्ने प्रतिबद्धता जनाएका थिए । अघिल्लो वर्ष स्याङ्जाका ७ पालिकाले सार्वजनिक बिदा र विभिन्न कार्यक्रम गरेका थिए ।

अहिलेसम्म अर्जुन चौपारी गाउँपालिका, वालिङ नगरपालिका ,गल्याङ नगरपलिकाले सार्वजनिक बिदा दिनको लागि सकारात्मक देखिएको विश्व हिन्दु युवा संघ स्याङ्जाका संस्थापक अध्यक्ष नबराज पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?