उपसभामुखमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी !

लोकपथ
63
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्रालयसहित सरकारमा सामेल रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी मन्त्रिमण्डलमा क–कसलाई पठाउने भन्ने विषयमा छलफलमा जुटेको छ ।

पुष्पकमल दामाल प्रचण्ड नेतृत्वको सरकारमा निर्णायक शक्तिको रुपमा रहेको रास्वपाले जनतासँग जोडिएका मन्त्रालयमा दाबी गर्ने तयारी गरेको छ । त्यसको साथै उपसभामुखमा पनि दाबी गर्ने तयारी गरेको छ ।

अबको मन्त्रिमण्डलमा जनतासँग जोडिएका मन्त्रायलसहित उपसभामुखमा पनि दाबी गर्ने तयारी गरेको रास्वपा निकट स्रोतले लोकपथलाई जानकारी दिएका छन् ।

‘जनतासँग जोडिएको मन्त्रालय हाम्रो रोजाइमा पर्छ । हाम्रो दाबी पनि तीनै मन्त्रालयमा हो ।’ स्रोतले भन्यो, ‘त्यसको साथै हामी उपसभामुखमा पनि दाबी गर्ने तयारीमा छाँै । उपसभामुखको विषयमा भने पार्टीभित्र छलफल भइरहेको छ ।’

२० सिटसहित संसदमा उपस्थिती देखाएको रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित गृह मन्त्रालय पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?