काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् ।
उनी अपराह्न ५ बजे बालुवाटार सर्ने तय भएको सचिवालयले जनाएको छ ।
निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान खाली गराएकासँगै प्रचण्ड सरकारी निवास सर्ने भएका हुन् ।
देउवाले निवास खाली नगराउँदा प्रचण्ड आफ्नै निजी निवास खुमालटारमा रहेका थिए ।
बालुटावारबाट सरेसँगै देउवा धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् । बुढानिलकण्ठस्थित आफ्नो निजी निवासमा मर्मत कार्य चलिरहेका देउवा भाडाको घर सरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया