काठमाडौँ । चीनमा कोरोनाको ओमिक्रोन भेरियण्टको सब भेरियन्ट ‘बीएफ–७’ले महामारी रुप लिएसँगै नेपालमा पनि त्रास फैलिएको छ । भारतमा पनि बीएफ–७ संक्रमित दिनहुँजसो बढ्न थालेपछि नेपालमा पनि त्यसको जोखिम बढेकोे सरोकारवालाहरु बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि एकसाता अघि सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आह्वान समेत गरिसकेको छ । उसो त एक वर्षयता मत्थर बनेको कोरोनाको संक्रमण फेरि उकालो लाग्ने हो कि भन्ने संशय आममानिसमा उत्पन्न भएको छ ।
पछिल्लो एक महिनामा देशभरबाट संकलित ४८ वटा नमूनाहरूको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको १७ वटा सवभेरियन्ट पुष्टि भएको तर हालसम्म ‘बीएफ–७’ भने फेला नपरेको भन्दै स्वास्थ्य मन्त्रालयले सूचना नै जारी गरिसकेको छ ।
तर, भारतसँगको खुला सिमानाका कारण भने नेपालमा कोरोनाको नयाँ भेरियण्टले खतराको घण्टी बजाइसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक एवं सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
प्रस्तुत छ, डा. पुनसँग नयाँ प्रजातिको रुपमा देखा परेको ‘बीएफ–७’, नेपालमा भित्रिन सक्ने सम्भावना, जोखिम लगायतका विषयमा केन्द्रीत रहेर डा. पुनसँग लोकपथकर्मी महेश तिमल्सिनाले गरेको भिडियो कुराकानी :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया