काठमाडौं । नवनियुक्त प्रधानमन्त्री एवम् नकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल ‘प्रचण्ड’ले आजै पदभार ग्रहण गर्ने भएका छन् । केही बेर अघि मात्रै राष्ट्रपति निवासमा पुगेर प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका प्रचण्डले केही समयपछि सिंहदरवार पुगेर पदभार ग्रहण गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डले पदभार गर्नुपूर्व आजै कीर्तिपुरस्थित पुष्पलाल स्मृती पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गर्न र त्यहाँबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर सहिद तथा वेपत्ता स्मृती स्तम्भमा माल्यार्पण गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया