काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र कांग्रेस नेता अर्जुन नरसिंह केसीबीच बुधवार बालुवाटारमा शिष्टाचार भेट भएको छ । करिब १ घन्टा १५ मिनेट भएको विषेश भेटघाटमा एक अर्कामा बधाई तथा शुभकामना आदानप्रदान हुनुका साथै अब बन्ने सरकारको बिषयमा छलफल भएको थियो ।
भेटमा नयाँ सरकार गठन , गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितिय उपस्थितिको समिक्षा भएको केसीको सचिवालयले जनाएको छ ।
भेटमा अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरु बीच साझा अवधारणा तय गरि सहकार्य गर्ने, अधुरा रहेका नुवाकोटका विकास निर्माण र आयोजनाका काम तुरुन्त आगडि बढाउने, मध्यपाहाडि लोकमार्ग,पासाङ ल्यामु राजमार्ग निर्माण, रासायनिक मल तथा बिउ विजन ,महगी नियन्त्रण,जनजिबिकामा परेको समस्या हल लगायका कुरामा छलफल भएको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया