रवि लामिछोनेको सांसद पद खारेजीको मागसहित सर्वोच्चमा रिट

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

बुधबार लामिछानेको नागरिकता विवाद रहेको उनको पद खारेजीसहित शपथ नगराउने मागसहित रिट दर्ता भएको हो । सिन्धुलीका युवराज पौडेलले लामिछानेको शपथ नगराउन र आपराधिक विश्वासघातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् ।

लामिछानेविरुद्ध परेको रिटमा पुस ६ गतेका लागि संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?