आयोगले बुधबार निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

लोकपथ
65
Shares

काठमाडौं । निर्वाचन आयोगले बुधबार मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ ।
बुधबार साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो ।

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरुले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?