अध्यादेश हतारोमा होइन, नवनिर्वाचित संसदमार्फत् खोजौँ : प्रदीप पौडेल

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद प्रदीप पौडेलले सरकारले ल्याएको अध्यादेश विरोधको जनाएका छन् । टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई रिहा गर्ने कानुनी बाटो खोल्न सरकारले अध्यादेश ल्याउने तयारी भएपछि उनले विरोध जनाएका हुन् ।

अध्यादेशको नेपाली कांग्रेसबाटै आलोचना बढेको हो । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विरोधमा उत्रिएलगत्तै काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले पनि आलोचना गरेका छन् । उनले अध्यादेशको कदम हिजो पनि गलत र आज पनि गलत भन्दै फरकपनको आभाष नभएको उल्लेख गरेका छन् ।

‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि’, उनले भने, ‘पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ?’ उनले अब सबै विषयहरुको हल संसदबाट गर्नुपर्ने पनि मत राखेका छन् । ‘सबै विषयहरूको उचित हल हतारोमा अध्यादेशमार्फत् होइन, नव निर्वाचित संसदमार्फत खोजौँ’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?