विशेष अदालतमा विजय गच्छदारको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

लोकपथ
49
Shares

काठमाडौं । विशेष अदालतमा विजयकुमार गच्छदारविरुद्ध दायर भ्रष्टाचार मुद्दामा अहिले सुनुवाइ भइरहेको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

कांग्रेस नेता गञ्चछदार मन्त्री रहेको बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

मुद्दाको सुनुवाइ चलिरहँदा गच्छदार अदालतमै छन् । मन्त्रिपरिषद्को निर्णयबाट भएको काममा आफूमाथि मुद्दा चलाएर अन्याय गरिएको गच्छदारले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?