भक्तपुर । दुर्लभ जन्तु सालकको खबटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरी टोलीले सालकको खबटासहित पक्राउ गरेको हो ।
सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट प्रहरीले रामेछाप सुनापाती गाउँपालिका–७ बेथान घर भई हाल भक्तपुर नगरपालिका १० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय रामलाल तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीले तामाङको साथबाट ६४० ग्राम खबटासहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । तामाङलाई वन्यजन्तु ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया