काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ र ३ को मतगणना सुरु भएको छ । बिहान साढे २ बजेबाट स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा मतगणनाको कार्य शुरु भएको क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले लोकपथलाई बताए ।
उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट पम्फा भुसाल, नेकपा (एमाले)बाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की उम्मेदवार रहेकी छन् ।
क्षेत्र नम्बर २ को भने सोमबार बिहान पौने २ बजेबाट मत गणना सुरु भएको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिइन् ।
यो क्षेत्रमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन, एकीकृत समाजवादीका कृष्णलाल महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जनसिहतका उमेदवार प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया