राप्रपा एकतामा एकाएक यसरी लाग्यो ब्रेक

राप्रपा एकीकरण प्रक्रिया तत्कालका लागि भाँडिएको छ  । 

स्रोतका अनुसार आइतबार दिउँसो कमल थापा नेतृत्वको राप्रपाको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय धुम्बराहीमा बसिरहेको थियो ।

सोही बेला राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापालाई फोन गरे । राणाको फोन आएपछि थापा केन्द्रीय समिति बैठक छाडेर राजधानीकै एक होटलमा राणालाई भेट्न पुगे । त्यहाँ दुवै अध्यक्षबीच एकताबारे कुराकानी सुरु भयो ।

अध्यक्ष थापाले एकतापछि पार्टीको चुनाव चिन्ह गाई राख्नुपर्ने प्रस्ताव गरे । तर, राणाले थापाको प्रस्ताव ठाडै अस्वीकार गरे । 

उनले चुनाव चिन्ह हलो नै राख्नुपर्ने नत्र एकता हुन नसक्ने बताए ।

दुवै अध्यक्षबीच चुनाव चिन्हका बारेमा झण्डै एक घण्टा कुरा हुँदा पनि सहमति जुट्न सकेन

दुवै अध्यक्षबीच चुनाव चिन्हका बारेमा झण्डै एक घण्टा कुरा हुँदा पनि सहमति जुट्न सकेन ।

स्मरण रहोस् आइतबार बिहानसम्म राप्रपाका नेताहरुले लोहनीले सहमति नजनाए सोमबार नै पनि एकता हुन सक्ने बताएका थिए । 
राप्रपाका नेताहरुबीचको स्वार्थका कारण सो पार्टी पटक पटक विभाजित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?