काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायको लागी उनको आमाबुवा अनिश्चितकालीन धर्नामा बसेका छन् ।
महेन्द्रनगरको मदनचोकमा भेला भई –यालीसहित बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमै निर्मलाका आमा दुर्गा पन्त र बुबा यज्ञराज पन्त अनिश्चितकालीन धर्ना बसेका हुन् ।
आइतवार बिहान ११ बजेदेखि उनीहरु अनिश्चितकालीन धर्ना बसेका हुन् ।
गत साउन १० गते बलात्कारपछि हत्या भएको १ सय ९ दिन बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकारलाई दवाव स्वरुप अनिश्चितकालीन धर्नामा बसेको निर्मलाका बुवा यज्ञराजले बताए ।
निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी कात्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्ना बस्ने घोषणा गरेका थिए । सो घोषणा अनुसार उनीहरुले आजदेखि धर्ना बसेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया