चितवनमा हात्तीको आक्रमणबाट एक युवाको मृत्यु

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

शुक्रबार राति देउसी खेल्न गएका राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलीका वर्ष २३ को सागर राईको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । 

राती २ बजेको समयमा हात्तीले लखेटेर खेतको बारीमा ढाडमा दाह्राले हानेर मारेको अवस्थामा मुत्यु युवा फेला परेको प्रहरीले जनाएको छ । 

यतिवेला घटनास्थलमा प्रहरीले मुजुल्का उठाउने काम भईरहेको छ । भने यस क्षेत्र विगत लामो समयदेखि हात्ती आतंकका कारण स्थानियहरु आक्रन्त बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?