काठमाडौं । चितवनको राप्ती नगरपालिका ८ हर्दीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिवार बिहान ३ बजे नम्बर नखुलेको सवारीले ना ४० प ७०२४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती १ का २९ वर्षीय रमेशबाबु त्रिपाठीको भरपुर अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिए ।
घटनाको विरोधमा स्थानीयबासीले बिहानैदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अबरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटैमा रोकिएका छन् भने तिहार सकेर काठमाडौं फर्किँदै गरेका यात्रुहरु बाटैमा रोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया