रुकुम–नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल एक समूहका सांघातिक आक्रमणमा गम्भिर घाइते भएका छन् ।
नेपाल प्रेस युनियनले एक विज्ञप्तिमार्फत नेकपामा क्रियाशिल रहेका पूर्व माओवादी नेता कार्यकर्ताहरुको समुहले खनाललाई छुरी प्रहार गरि गम्भिर घाइते बनाएको आरोप लगाएको छ ।
खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरु समेत सांघातिक आक्रमणमा परेको विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार अपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोट ६ मग्माका स्थानिय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदै गरेका खनाल, कुसारी सहितका व्यक्तिहरुलाई कमलजंग खनाल, कर्ण बहादुर कुसारी, कमोद कुसारी, विकास कुसारी, कनिल कुसारी, अमरसिंह कुसारी लगायत ने क पा रुकुमका दर्जनौंका संख्यामा आएका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेको प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिए ।
आक्रमणमा परि घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गामा लगिएको छ।
युनियनले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया