उपराष्ट्रपतिले लगाए नजिकका नाताका बहिनीहरुबाट भाइटीका

काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका छन् ।

उनले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा भाइटीका लगाएका हुन् ।

आफ्नो दुई  दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ ।

 उनलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाईटीका लगाइदिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?