काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्ना दुई बहिनीबाट भाइटीका लगाएका छन् ।
उनले बहिनीहरु विष्णुमाया ढकाल र कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् ।
प्रधानमन्त्री ओलीले ११ बजेर ५५ मिनेटको शुभ साइतमै भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ ।
प्रम ओली अस्वस्थ्य रहेकाले बहिनीहरुलाई काठमाडौं बोलाइएको बताइएको छ । ओलीका बाहिनीहरुको घर झापा र चितवन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया