अमेरिकी मध्यावधि निर्वाचन, ट्रम्पलाई धक्का

वासिङटन– अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनमा सत्तारुढ रिपब्लिकन पार्टीले संसदको तत्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा नियन्त्रण गुमाएको छ ।
डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का लागेको छ । उनलाई अब बिना अड्चन आफ्ना एजेण्डा अघि बढाउन समस्या पर्ने समाचारमा उल्लेख छ ।
हाउसमा बहुमतका लागि २१८ सिट आवश्यक पर्नेमा डेमोक्रेटिकले २२१ सिट हासिल गरिसकेको छ भने रिपब्लिकनले जम्मा ११९ सिटमात्रै प्राप्त गरेको छ ।  आजको कान्तिपुर दैनिकमा खबर  छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?