हिन्दु नेपालीहरुको दोस्रो महान् पर्वको रुपमा मनाइने तिहार पर्व शुरु भइसकेको छ । सुन्धारा, रत्नपार्क, असन आदि क्षेत्रमा जुत्ता, लुगाफाटादेखि दैनिक उपभोग्य सामान विक्री गर्नेको सङख्या ह्वात्तै बढेको छ ।
असन, हनुमानढोका, आदि ठाउँमा तिहारका लागि चाहिने मखमली फूल, हाँसको अण्डा, सुकेको माछा, टिका तथा पुजाका सामान विक्री तथा किनमेल गर्नेको भीड लागेको छ ।
तिहारमा दियो, झिलिमिलि बत्ति, मिठाई, फूल, माला, चाँदीका भाडाकुँडा सहित भाईटिकाका सामाग्री र आफन्तलाई दिने उपहार लगायत सामान किन्नेहरुको बजारमा बढी भीड लागेको हो । यो समयमा काग तिहार, कुकुर तिहार, लक्ष्मीपुजा, गोवर्धन पुजा, भाइटिका गरेर ५ दिन सम्म मनाईने तिहारका लागि चाहिने सामाग्री किनमेल हुने गर्छ ।
तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका बिभिन्न परिकारहरुले सजिएका पसलहरुले पनि थप रौनकता थपिदिएको छ ।
तिहारले दाजुभाइ तथा दिदीबहिनी बिचको आत्मीयता र मानव तथा पशुपक्षी बिचको प्रगाढ सम्बन्ध तथा स्नेह झल्काउने गर्दछ । घरको आँगन भरी ढकमक्क फुलेको सयपत्री, मखमली फुल ती फुलहरुको बासना अनि झिलिमिली बत्तीले तिहारको रौनक अर्कै बनाइदिन्छ । यस्तै विभिन्न पशुपंक्षी र धनकी देवी लक्ष्मीको पूजाआराधना सँगै विभिन्न संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरु, देउसी–भैलो र पिङ अनि विदेशीएका नेपालीहरुको आगमनले तिहारको रौनक नै बेग्लै हुने गरेको छ ।
असनमा भाइमसलासहित सबै किसिमका उपभोग्य वस्तुको थोक तथा खुद्रा व्यापार हुने गर्छ । तिहारमा भाइमसला किन्नेहरूको विशेष भीड लागेको छ । यस्तै झिलिमिली बत्ति किन्ने पसलमा पनि उपभोक्ताहरु अत्याधिक संख्यामा देखिन्छन् ।

बजारमा यतिबेला तिहारको सरसमान तथा भाइ मसला किन्नेको भीड छ । तिहारको मसला विशेषगरी भाइटीकामा प्रयोग हुन्छ । तर मसलामा अहिले अत्याधिक मुल्यवृद्धि भएको छ । जसका कारण सर्वसधारणले उच्च मुल्य हालेर भाई मसला किन्न बाध्य छन् ।
यस्तै, नक्कली मालाप्रति मानिसहरूको आकर्षण बढेका कारण प्लाष्टिकको मालाहरुको पनि बजार बढ्दै गएको छ । विशेषगरी भाइटिकाको दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको अलगै महत्व भए पनि यो परम्परा हराउँदै गएको छ । त्यसैले पनि बजारमा अहिले प्लस्टिकका मालाहरुले बजार पाएका छन् ।
तिहार शुरु भएसँगै काठमाडौं उपत्यकामा माटोको सामानको लागि प्रख्यात भक्तपुर दरबार स्क्वायरका कुमालेहरुलाई भ्याई नभ्याई हुन थालेको छ ।
पालाको ब्यापार तिहारमा अत्याधिक हुने र तिहारपछि अत्यन्त न्यून हुने भएकोले भक्तपुर स्क्वायरका प्राय सबै कुमालेहरु माटाका भाडा बनाउनै व्यस्त छन् । तिहारको
टिकाका दिन दिदीबहिनीहरुले दाजुभाईलाई टिका लगाईदिने बेलामा ओखरलाई पूजा गरेर यमराजको बाटो छेक्ने मान्यतामात्र होइन ओखर नभै टिकाको मान्यता नहुने भएको परम्पराका कारण बजारमा ओखरको माग सर्वत्र बढ्दै गईरहेको छ ।
दिदीबहिनीले सप्तरंगी टिका लगाउने चलन आजसम्म कायमै छ । कतिपय पसलहरुमा तिहारका देउसि भैलोका गीतहरु गुञ्जिरहेका छन् । साँझपख सबैको घरमा झिलिमिलि छाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया