लोकतान्त्रिक फोरमबाट एकताबाट नेपाली कांग्रेसमा आएका विजयकुमार गच्छदारलाई पार्टी उपसभापति पद दिईएको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टि जनाएका छन् ।
मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमितीको बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गरेसँगै कांग्रेसका केहि नेताले आपत्ति जनाएका हुन् ।
पार्टीको विधानविपरीत गच्छदारलाई पार्टी उपसभापति पद दिईएको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य अर्जुननरसिंह केसी, प्रकाशमान सिंह लगायतले गच्छदारलाई उपसभापति पद दिईएको विषयमा कुनै आपत्ति नभएपनि कांग्रेस पार्टीको विधान विपरीतको काम स्विकार्य नहुने बताए ।
लोकपथसँग कुरा गर्दै कांग्रेस केन्द्रिय सदस्य केसिले भने, “गच्छदारजीलाई जिम्मेवारी दिईएको विषयमा हाम्रो आपत्ति होईन । पार्टी विधान विपरीत गरिएको मनोनयनमा आपत्ति हो ।”
यस्तै केसीले मंसिर ५ देखि ९ गतेसम्म गर्ने भनिएको महासमिती बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म गर्नेगरी दोस्रोपटक सारेको विषयमा पनि असहमती जनाए ।
मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमितीको बैठकले महासमीती बैठकको मिती सारेको हो ।
साथै बैठकले तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस औपचारिक रूपमा एकता भएको घोषणा समेत गरेको छ ।
सम्बन्धित समाचार :
कांग्रेस महासमिति बैठक स-यो, अरु के के निर्णय भयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया