वि.सं. २०७२ वैशाख १२,
नेपाल ।
७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प ।
भुकम्पले ९ हजार जना भन्दा धेरैको ज्यान लियो ।
हजारौँ अंगभंग भए ।
लाखौँ घरहरुविहिन बने ।
निरन्तर आईरहेका पराकम्पको दिईरहने त्रासलाई थाती राखेर समेत नागरिकले आफ्ना आवास बनाए ।
****
तर नेपालका सांस्कृति सम्पदा अनि ऐतिहासिक धरोहरहरु यो वा त्यो बहानामा बनेका छैनन् ।
दुखको कुरा त १७ औँ शताब्दीमा निर्माण गरिएको आफैमा एउटा इतिहास बोकेको रानी पोखरी चौथो वर्ष पनि भाईटिका लगाउन मिल्ने बनेन ।
सर्वसाधारण हुन् या सेलिब्रेटी आफ्ना दाजुभाई र दिदी बहिनी नहुनेहरुले एउटा पवित्र साईनो खोज्ने स्थान हो, काठमाडौँको रानी पोखरी ।
काठमाण्डुको जमलस्थित रानीपोखरीको बीचमा रहेको मन्दिरमा बसेर दिदीबहिनी नहुने र दाजुभाई नहुने दिदीबहिनीले माया र आत्मियता साटेर टिका थाप्ने गरेका थिए । तर भूकम्प गएको ४२ महिना बितिसकेको छ ।
तर नेपालकै ऐतिहासिक रानी पोखरी पुर्ननिर्माण हुन सकेको छैन ।
राष्ट्रिय धरोहर मानिएको रानी पोखरीको संरचना ३ वर्ष ६ महिनादेखि धूलो र झारले रुपहीन बनेको छ ।
त्यसको भग्नावशेषलाई हेर्दा आफ्नो इतिहास नै गर्लम्म ढलेजस्तो लाग्छ ।
भूकम्पअघि वर्षमा एक दिन भाइ टीकामा मात्र खुल्ने रानी पोखरी अहिले भने वरिपरिबाट पालले छोपेर राखिएको छ । पोखरीमा पानीको साटो ‘झार’ भेटिन्छ ।
२०७२ सालदेखि रानी पोखरीलाई तिहार लागेको छैन । पोहोर साल भत्किएको राजनीपोखरीको आडमा बसेर धेरै दाजुभाई दिदीबहिनीले टिका लगाएका थिए । यसपाली पनि त्यसको विकल्प छैन । तर रानीपोखरी पुर्ननिर्माणका लागि करोडौं रुपैयाँ खर्च भइसकेको छ ।
ध्वस्त भइसकेको रानी पोखरीलाई कस्तो अवस्थामा निर्माण गर्ने भन्ने विवाद उत्पन्न भएपछि यसको निर्माण कार्य ढिलो भयो । ढिला मात्रै होईन यो वा त्यो कारण देखाउँदै अझै अन्यौलमा छ ।
पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाको विवादले झन् कमजोर बन्दै गएको रानीपोखरीका केही तस्वीर लोकपथकर्मी सरोज घिमिरेले क्यामरामा कैद गरेका छन्ः
एउटा अर्को प्रसंग जसले तपाईलाई झस्काउँछ ।
सन् २०११ मार्च ११,
जापान ।
९ रेक्टर स्केलको विनाशकारी भूकम्प र सुनामी ।
सो भूकम्पले जापानलाई ठूलो जनधनको क्षति पुर्यायो । भवन र सडकहरु तहसनहस भए ।
तर, भूकम्प गएको ६ दिनपछि ती सडक जस्ताको तस्तै भइसकेका थिए ।
भूकम्पका कारण इबाराकी भन्ने ठाउँको सडकमा १ सय ५० मिटरसम्मका चिरा र खाल्डाहरु परे ।
यसले सर्वसाधारणको आवतजावत र दैनिकीमा प्रभाव पारेपछि जापान सरकारले मात्र ६ दिनमा सडकको पुनर्निर्माण गरिसकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया