सेभेनस्टारका सञ्चारकर्मी संस्कृति संंरक्षणमा

काठमाडौँ ।  आधुनिक प्रविधिको विकाससँगै पछिल्लो समय विभिन्न संस्कृति हराउँदै गएका बेला जिल्लाका सञ्चारकर्मी त्यसको संरक्षणमा जुटेका छन् ।

जिल्लाको रेडियो निङ्गलाशैनी एफएम र सामुदायिक रेडियो सेभेनस्टारका सञ्चारकर्मी संस्कृति संंरक्षणमा जुटेका हुन् । 

यसअघि ती रेडियोमा कार्यरत सञ्चारकर्मीले संस्कृति संरक्षणका लागि समुदायमै गएर विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए ।

तिहारमा उनीहरुले देउसीभैलो कार्यक्रम सञ्चालन गरेका छन् । स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीबताउछन्  ।

उनले भने, “स्थानीयस्तरमा कला संस्कृतिको संरक्षणका लागि गाउँघरमै गएर देउसीभैलो खेलिरहेका छौँ ।” 

सुदूरपश्चिम प्रदेशका बैतडीसहितका जिल्लामा पुगेर स्थानीय संस्कृतिको जगेर्नाका लागि देउसीभैलोको आयोजना गरिएको छ ।

युवापुस्तालाई संस्कृति संरक्षणतर्फ आकर्षित गर्न देउसीभैलोको आयोजना गरिएको रेडियो सेभेनस्टारका अध्यक्ष अमर भट्टराईले बताए ।

रेडियो निङ्गलाशैनीले विगत वर्षमा समेत देउसीभैलो कार्यक्रम आयोजना गर्दै आएको थियो । स्थानीयसँगको सामिप्यता बढाउन रेडियोले गाउँमुखी कार्यक्रम सञ्चालन गर्दै आएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक अवस्थीले बताए ।

“देउसीभैलो कार्यक्रमले स्रोतासँगको सम्बन्धलाई थप मजबुत बनाउँछ,”उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?