काठमाडौं – सरकारले मुलुकमा चरम रूपमा बढ्दै गएको व्यापार घाटा कम गरी खस्कँदो अर्थतन्त्रलाई टेवा दिन ऊर्जा उत्पादन र प्रयोगलाई बढावा दिने योजना अगाडि सारेको छ ।
राजधानी दैनिकमा खबर छापिएकाे छ ।
स्वदेशमै उत्पादित उर्जाकाे समुचित प्रयोगबाट खाना पकाउने ग्याँस, तेल र विद्युत्जस्ता क्षेत्रको आयात कम गरी उत्पादनमूलक उद्योगलाई बढावा दिएर क्रमिक रूपमा निकासी–पैठारी व्यापारको बीचमा सन्तुलन ल्याउने योजना सरकारले अगाडि सारेको हो ।
ऊर्र्जाको उत्पादन तथा प्रवद्र्धनका लागि विशेष कार्ययोजनासहित अगाडि बढिएको ऊर्र्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताए । उनका अनुसार मुलुकको समग्र आर्थिक क्षेत्र र खासगरी बढ्दो व्यापार घाटा कम गर्न सरकारले जलविद्युत्को विकास, आन्तरिक खपतमा वृद्धि र विद्युत् निर्यातलाई प्राथमिकतासाथ अगाडि बढाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया