काठमाडौं । मानवअधिकार अन्दोलनका चर्चित नेता पद्यरत्न तुलाधरको निधन भएको छ ।
राजधानीको नर्भिक अस्पतालमा उपचाररत तुलाधरको ७८ वर्षको उमेरामा आज (आइतवार) निधान भएको हो ।
अस्पतालका सूचना अधिकारी आरपी मैनालीले मानवअधिकारकर्मी तुलाधरको १२ः४५ बजे निधन भएको पुष्टि गरे ।
गत शुक्रबारबाट स्वास्थ्यमा समस्या आएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । तर, उनलाई अन्नपूर्णबाट नर्भिक अस्पताल रिफार गरिएको थियो ।
चिकित्सकका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको थियो ।
तुलाधरका ज्वाई गौरी प्रधानका अनुसार तुलाधरको सोमबार अन्त्येष्टि गरिने तय भएको जानकारी दिए ।
पञ्चायत कालमा बामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्था विरुद्धमा तुलाधरले आवाज उठाएका थिए ।
साथै उनले माओवादीसँग सरकारले वार्ता गर्दा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया