उदयपुरमा स्थानीय र प्रहरीबीच झडप

उदयपुर । उदयपुरमा स्थानीय र प्रहरीबीच झडप भएको छ । 

सिमेन्ट उद्योगको चुनढुंगाको विषयलाई लिएर विवाद हुँदा कटारीको मरुवा खोलामा प्रहरीले महिलामाथि हातपात र लठ्ठी चार्ज गरेपछि उदयपुर कटारी नगरपालिका वडा नं. ४ का स्थानीयबासि र प्रहरीबीच झडप भएको हो । 

नगरपालिका प्रवक्ता कृष्ण दनुवारका अनुसार प्रहरीको लाठ्ठी चार्जले कटारी नगरपालिका ४ मरुवा खोलाकी बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको छन् ।

डीएसपी ध्रुवकुमार श्रेष्ठको कमाण्डमा रहेको प्रहरीको टोलीले स्थानीय महिलामाथि हातपात गरी लाठ्ठी चार्ज गरेको स्थानीयबासिको आरोप छ ।  

कसमस सिमेन्ट उद्योग र स्थानीयबीच तीन चार दिनदेखि विवाद हुँदै आइरहेको र स्थानीयले रोकेर राखेको टिप्पर खुलाउन गएको प्रहरीले स्थानीयलाई मार्ने धम्की दिँदै लाठ्ठी चार्ज गरेको एक स्थानीय बासिले जानकारी दिए । 

झडपमा घाइते ४ महिला कटारी अस्पतालमा उपचारपछि घर फर्केका छन् भने अन्य ४० जना महिला भागदौडमा सामान्य घाइते भएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?