फोहोरमैला निजीकरण गोप्यपत्र तयार

काठमाडौं-काठमाडौं महानगरपालिकाले कर्मचारीलाई जानकारी नै नदिई गोप्य रुपमा फोहोर मैला व्यवस्थापनका लागि सम्झौतापत्र तयारी गरी संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा बुझाएको छ ।
कामपाले सम्झौताका पाँचवटा बुँदा तयार गरी मन्त्रालयलाई बुझाएको हो ।

अत्यन्तै जरुरी र गोप्य लेखिएको सो पत्र मन्त्रालयमा पेश गरेको कामपा स्रोतले जानकारी दिएको छ ।
कामपाको नगर कार्यपालिकाले २०७५ असोज ६ गते गरेको निर्णयअ नुसार करिब एक साताअघि प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले हस्ताक्षर गरी मन्त्रालयलाई पत्र पठाएको हो । पत्रको विषयमा मेयर सचिवालय, प्रशासन र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयबाहेक अन्यलाई जानकारी छैन ।
स्रोतका अनुसार नेपवेस्ट प्रालिसँग सम्झौता भएपछि मात्रै कर्मचारीलाई जानकारी गराउने भन्दै कामपाले गोप्य रुपमा पत्र तयार गरी मन्त्रालयमा बुझाएको हो ।

सरकारको स्वमित्वमा रहेको लगानी बोर्डले काठमाडौको फोहोर व्यवस्थापन गर्न पीडीए सम्पन्न गरिसकेको छ । अब सम्झौता गरी कार्यान्वयन गर्न लगानी बोर्डको मातहतमा मन्त्रालयसँग सम्झौता गर्न लागिएको हो ।

सम्झौता गर्नुअघि वातावरण व्यवस्थापन विभाग अन्तर्गत कार्यरत कर्मचारीले आन्दोलन गर्न सक्ने भएपछि कामपाले विभागका कर्मचारीको संघ संगठनलाई समेत जानकारी नदिई सम्झौता गर्न मन्त्रालयलाई पत्र पठाएको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?