अब बैंकका आँखा ऊर्जामा, एक महिनामै ७७ अर्ब रुपैयाँ लगानी

काठमाडौं । घरजग्गा तथा शेयरलगायतका क्षेत्रमा आएको मन्दीसँगै वाणिज्य बैंकको आँखा ऊर्जातर्फको लगानीमा पर्न थालेको छ ।
 अघिल्ला वर्षसम्म घरजग्गा, गाडी, सेयरलगायतका अनुत्पादक क्षेत्रमा लगानी गर्दै आएका बैंक पछिल्लो समय ऊर्जातर्फ आकर्षित भएका हुन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले ऊर्जामा एक महिनामै ७७ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।
राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी हुने कर्जामा कडाइ गर्नुका साथै उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई अनिवार्य गरेपछि ऊर्जा क्षेत्रको लगानी बढेको हो ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार राष्ट्र बैंकले ऊर्जामा लगानी अनिवार्य गरेकाले आकर्षण बढेको हो । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?