स्वरोजगार कोष अनियमितता, मिलेमतोमा कर्जा र ब्याज

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषकै संरक्षण र मिलेमतोमा सहकारीले ऋणीसँग बढी ब्याज लिएको पाइएको छ ।
बेरोजगार व्यक्तिलाई रोजगार बनाउन विभिन्न सहकारीमार्फत रकम वितरण गरेकोमा सहकारीले मनलाग्दी ब्याज लिएको र कोषले कारबाहीको सट्टा संरक्षण गरेको पाइएको हो ।

सहकारीले सुन व्यवसायी, बस व्यवसायी, ठेकेदार, मदिरा पसललगायतमा नियमविपरीत लगानी गरे पनि कोष सचिवालय मौन बसेर सहमति दिएको हो ।

कतिपय एउटै सहकारीले तीन किसिमको ब्याजसमेत लिएको पाइएको छ । त्यसमा कोषले भने अनुगमन गरेरसमेत कुनै कारबाही नगरेको र कतिपयमा भने कागजमा मात्र अनुगमन राखेर तलबभत्ता लिएको समेत फेला परेको हो । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?