निर्मला बलात्कारपछि हत्या प्रकरण : ‘डीएनए’का लागि सडकमै नमुना संकलन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या गर्ने आरोपी पक्राउ गर्न नसकेको भन्दै काठमाडौंमा आजपनि विरोध प्रदर्शन भएको छ । 

निर्मलाको बलात्कारपछि हत्या भएको आज (शनिबार) १ सय १ दिन पुग्दा पनि सरकारले बलात्कार र हत्यारमा संलग्न आरोपीहरुलाई पक्राउ गर्न नसकेको भन्दै अभियानकर्मीहरु सरकारलाई व्यंग्य स्वरुप विरोध प्रदर्शन गरेका हुन् । 

शनिबार राजधानीको नयाँ बानेश्वरमा आयोजना गरिएको विरोध कार्यक्रममा भेला भएका अभियानकर्मीहरुले ‘डीएनए’ परीक्षणका लागि भन्दै रगत संकलन गरेर विरोध जनाएका थिए । 

प्रहरीले वास्तविक आरोपीलाई जोगान मनपरि ‘डीएनए’ गरेको आरोपी लगाएका छन् । 

एक अभियानकर्मीले भने, ‘आरोपी पत्ता लगाउन भन्दै मनपरी रुपमा डीएनए परीक्षणका लागि रगत संकलन गर्यो, डीएनएको नाममा राज्य र प्रहरी संयन्त्रले भ्रमको खेती गरयो ।’ 

नाटक मञ्चन भएको आरोप लगाउँदै राज्यलाई व्यङ्ग्य स्वरुप डीएनएका लागि सडकमै नमुना संकलन गराए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?