अर्घाखाँची । प्रहरीले नग्न अवस्थामा खोलामा नुहाइरहेका ५० जना भन्दा बढी विदेशी नागरिकलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
अर्घाखाँचीको सितगंगा ६, बुङची खोलाको बगरमा, युके, स्पेन, प्यालेस्टाइन, अमेरिका जापान कोरिया, ईजराईल, अर्जेन्टिना, ईन्डिया, नेपाल लगायत २५ राष्ट्रका ५० बढी नागरिकले उच्छृखंल गतिविधि गरिरहेको जानकारी भएपछि इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक कमल परियारको टोली घटनास्थलमा पुगेको हो । उनका अनुसार आाफुलाई –याम्बो टुगेदर गु्रपका सदस्य बताउने उनीहरुले बगर किनारको निजी जग्गामा टेन्ट हालेर बसेका छन् ।
प्रहरीले घटनामा संलग्न कपिलवस्तु हाल काठमाडौं नारायणथान बस्ने मोतिराम गैरे, सितगंगा १० हर्रेका शालिकराम पोखरेल, काठमाडौं ललितपुर कुपन्डोलका सुशान्त पौडेल र बारा जिल्ला कलैया उपमहानगरपालीकाका दिपेन्द्र सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नेपाल सरकारका वरिष्ठ अधिकारीका छोरा सुशान्तले कार्यक्रमको आयोजना गरेको अनुसन्धानमा खुलेको छ ।
प्रहरी निरीक्षक परियारका अनुसार उनीहरु विभिन्न देशका भएका कारण भाषामा समेत समस्या भइरहेको छ । ‘अस्वभाविक गतिविधि गरिरहेका विदेशी नागरिकलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ’ उनले भने, शीतगंगा नगरपालिका भित्र पर्ने उक्त क्षेत्रमा विदेशी नागरिकहरुको समुहले अनुमति लिन सितगंगा नगरपालिका प्रमुख सूर्य प्रसाद अधिकारीसँग मौखिक रूपमा कुराकानी भएपछि आफुले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन जिल्ला प्रशासन कार्यालयमा जान भनेको मेयर सूर्यप्रसाद अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार विदेशी नागरिकको यो समुहसँग सरकारी निकायले दिएको कुनै अनुमति छैन। नेपालमा गैरकानुनी रूपमा बिदेसी तथा सोदेसी नागरिकले नग्न अवस्थामा रहेर मनोरञ्जन गर्ने क्रियाकलाप नेपाली कल्चरमा नसुवाउने र गर्न पनि नहुने कतिपय विज्ञहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया