बेपत्ता सासुु र बुहारी झुण्डिएको अवस्थामा मृत फेला

बैतडी । बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् ।

दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए । 

बुधवार घाँस काट्न भनेर घरबाट निस्किएकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासु पार्वती खोजतलास गर्न जाँदा उहाँ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सासु शुक्रबार स्थानीय झल्कोट जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेका थिए र बुहारी निर्मला बिहीवार स्थानीय ओडीगाँउ जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

घटना रहस्यमय रहेकाले थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?