‘लिखित रेकर्डमा रहँदैन मातृभाषाको सम्बोधन’

काठमाडौँ- सङघीय संसद्का शुन्य, विशेष समय तथा विभिन्न छलफलहरूमा सांसदहरूले मातृभाषामा धारणा राख्छन् ।
सदनको काम कारबाही नेपाली भाषामा हुने सङघीय संसद्का दुबै सदनको नियमावलीले व्यवस्था गरेको छ । मातृभाषालाई पनि नियमावलीले बन्देज गरेको छैन । तर, मातृभाषामा अभिव्यक्त धारणा लिखित रेकर्डमा भने रहन्नन्, डिजिटल रेकर्डमा मात्र सीमित हुन्छन् ।
सरकारी कामकाजको भाषा नेपाली भएका कारण मातृभाषामा बोलिएका धारणा लिखित रेकर्डमा नराख्ने गरिएको हो । नीति अभाव र अनुवादको आधिकारिकता के हुने भन्ने विषय निश्चित नहुँदा त्यस्ता सम्बोधन लिखित रेकर्डका रुपमा प्रमाणीकरण हुँदैनन् । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?