५ दिनपछि केपी ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा स्वस्थ भएपछि आज साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

५ दिनपछि अस्तालबाट बालुवाटारस्थित निवास फर्किंदै गर्दा प्रधानमन्त्री ओलीले नेपालका चिकित्सकहरुप्रति धन्यवाद प्रकट गर्दै आफूलाई गरेको उपचारमा एकदम चित्त बुझेको बताए ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा। सन्तकुमार दासको टोली संलग्न थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?