श्रीमतीको हत्या गरी श्रीमान् फरार

गुल्मी । गुल्मी मदाने गाउँपालिकामा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन् । 

मदाने गाउँपालिका–६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले ३१ वर्षीया सीता नेपालीको कुटपिट गरेर हत्या गरी फरार भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपकुमार बस्नेतका अनुसार श्रीमतीको हत्या गरी फरार भएका दुर्गाको खोजी कार्य भइरहेको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?