ढाका । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले प्रमुख प्रतिपक्षी दलको गठबन्धनसँग बिहीवार साँझ छलफल गर्ने भएकी छिन् ।
आउँदो डिसेम्बरका लागि तय भएको आमनिर्वाचनका सम्बन्धमा प्रधानमन्त्री हसिनाले प्रमुख प्रतिपक्षी दलको गठबन्धनसँग छलफल गर्न लागेकी हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास ढाकामा स्थानीय समयअनुसार बेलुका ७ बजे शुरु भएको छलफल राती ११ बजे सकिएको अधिकारीहरुले जनाएका छन् ।
प्रधानमन्त्री हसिना नेतृत्वको पार्टी बङ्गलादेश अवामी लिग (एएल) ले प्रमुख विपक्षी दलको गठबन्धनलाई बिहीबार छलफलका लागि बोलाएको थियो ।
पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेसनल पार्टी (बिएनपी)ले गत अक्टोबर महिनाको शुरुमा “जातीय ओइक्या फ्रन्ट (युनाइटेड नेसनल फ्रन्ट)” गठबन्धन बनाएको थियो ।
गठबन्धनको नेतृत्व भने पूर्व विदेशमन्त्री तथा प्रतिष्ठित कानुन व्यवसायी कमाल हुसेनले गरेका छन् । उनी स्वतन्त्र बङ्गलादेशको संविधानका मस्यौदाकार समेत हुन् । उनले आगामी संसदीय निर्वाचनका लागि गैरदलीय सरकार निर्माण गर्न र बीएनपीका अध्यक्ष जिया समेतका सबै राजनीतिक बन्दीहरु रिहा गर्न माग गरिरहेका छन् ।
बीएनपीका अध्यक्ष जिया भने गत फेब्रुअरीदेखि भ्रष्टाचारको आरोपमा जेलमा छन् ।
प्रधानमन्त्रीसँगको वार्तामा सहभागी हुनुभएका बीएनपीका प्रवक्ता मिर्जा फख्रुल इस्लाम अलामगिरले वार्ता उपलब्धीमूलक र सकारात्मक हुन नसकेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया