सोल– मानवअधिकारवादी समूह हयुमन राइट्स वाच (एचआरडब्ल्यू) ले महिलामाथि उत्तर कोरियाली अधिकारीद्वारा गरिने यौनशोषण दण्डहीन रहने गरेको जनाएको छ ।
एचआरडब्ल्यूले उत्तरमा महिलामाथिको शोषण व्यापक रहे पनि सामान्य जीवनको अंशजस्तै बनिसकेको एक प्रतिवेदनमार्फत उल्लेख गरेको छ ।
प्रतिवेदन देश छाडेर भागेका ६२ उत्तर कोरियालीसँग गरिएको कुराकानीमा आधारित छ ।
उनीहरूले नै बलात्कार र यौनशोषणबारे विस्तृत विवरण उपलब्ध गराएका थिए । आफ्नो अध्ययनबाट उत्तर कोरियामा शक्तिशाली पुरुषबाट खुला र चरम यौनशोषण हुने गरेको स्पष्ट भएको समूहले जनाएको छ ।
केही समयअघि उत्तर कोरियामा व्यापार गर्ने ओ जोङ हीले भनेकी छन्, ‘हामी पुरुषको नियन्त्रणमा हुन्छौं, उनीहरू हामीलाई खेलौनाजस्तै ठान्छन् ।’ अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया